सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका नेता भरत न्यौपानेले प्रचण्डको साथ छाडे

मङ्गलबार, ०६ माघ २०८२, १७ : ०८
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य भरत न्यौपानेले माओवादी केन्द्र पार्टी परित्याग गरेका छन्।
  • उनले नयाँ विचार बोक्ने बाटो रोज्दै पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएका छन्।
  • न्यौपानेले पार्टी नेतृत्वमाथि माओवाद त्यागेको र स्खलित भएको आरोप लगाएका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य भरत न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

 मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नवीनतम विचार बोक्ने बाटो नै सही लागेकोले पार्टी परित्याग गरेको बताए ।

‘नवीनतम विचार बोक्ने बाटो नै सही लागेको ठहर गर्दै आजकै मितिदेखि साविक नेकपा (माओवादी केन्द्र) पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य त्यसको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, विज्ञप्तिमा भनेका छन् ।

पार्टी छाड्दा आफूलाई कुनै पनि पश्चाताप नरहेको भन्दै उनले तत्कालीन नेतृत्वले हजारौँ सहिद बेपत्ता घाइते योद्धाको समर्पणले जन्माएको प्रचण्ड पथसँगै माओवाद नै त्यागेको आरोप लगाएका छन् ।

‘मैले विचारमा स्खलन भएको आफ्नो व्यक्तिगत कम्पनी जस्तो ठान्ने अहङ्कारी नेतृत्वको साथ छोडे’, उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप