प्रदेश सभाबाट राजीनामा दिएकी नमुनाले दर्ता गराइन् प्रलोपाबाट उम्मेदवारी
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी बाँकेकी कृष्णा केसी (नमुना)ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेकी छन् ।
उनले बाँके–१ (१) मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा जितेकी थिइन् ।
माओवादी सशस्त्र युद्धदेखि नै सक्रिय रहेकी केसी प्रदेश सभा २०७४ र २०७९ समेत गरी दुई पटक निर्वाचित भएकी थिइन् । उनी प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेकी छन् । उनले पछिल्लो परिवेशमा प्रलोपाले नयाँ एजेन्डा बोकेको र बाँके जिल्लाको विकास प्रदेशबाट नभई संघबाट आएर गर्ने बताइन् ।
उनका प्रतिस्पर्धामा नेकपा एमालेका सूर्य प्रसाद ढकाल, नेपाली कांग्रेसबाट नारायण प्रसाद गौडेल, नेकपाका नरेन्द्र प्रसाद पाण्डे छन् । एमालेका ढकाल यहाँका निवर्तमान सांसद हुन् ।
निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार उनीहरूसहित यहाँ १६ जनाले मनोनयन दर्ता गरेका छन् । स्वतन्त्रबाट दीपककुमार शाही, दिवाकर शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार शाह, राष्ट्रिय जनमोर्चाबाट तुलसीराम सापकोटालगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण