पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
पर्सा । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा रूपेश कुमार पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पाण्डेले आफ्नो मुख्य उद्देश्य यस क्षेत्रको चौतर्फी विकास रहेको बताए ।
यस्ता छन् प्रतिबद्धता
शिक्षा र स्वास्थ्यमा सुधार: गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्ने।
नमुना क्षेत्र निर्माण: आर्थिक र सामाजिक रूपान्तरणमार्फत पर्सा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने।
युवा नेतृत्व: युवा ऊर्जा र नयाँ सोचका साथ परिणाममुखी काम गर्ने प्रतिबद्धता।
उम्मेदवारी दर्तापछि पाण्डेले भने, “पर्सा–३ लाई विकासको नयाँ मोडमा पुर्याउन मेरो नेतृत्व ऐतिहासिक हुनेछ।“ उनको उम्मेदवारी र सक्रियतालाई स्थानीय स्तरमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण