सुर्खेत–२ : १७ जनाको उम्मेदवारी दर्ता, तातियो चुनावी माहोल
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार मंगलबार उम्मेदवारी दर्ता कार्यक्रममा साना–ठुला गरी १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
यहाँ नेपाली कांग्रेसबाट नारायण कोइराल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झकबहादुर मल्ल, एमालेबाट कुलमणि देवकोटाले उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश कुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णालीको राजधानी वीरेन्द्रनगर समेत पर्ने यो क्षेत्रलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।
विशेष गरी एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने गरेको छ यहाँ । यस पटक नयाँ शक्ति र साना दलहरूको उम्मेदवारीले निर्वाचनलाई थप रोचक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण