पर्सामा चार पूर्वमन्त्री चुनावी मैदानमा
वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले पर्साको राजनीतिक सरगर्मी बढाएको छ ।
चार वटै निर्वाचन क्षेत्रमा परेको ‘हेभीवेट’ उम्मेदवारीले जिल्लाको राजनीतिक माहोल नै तताएको छ । पूर्वमन्त्रीहरू नै यो वर्ष पुनः उम्मेदवार बनेपछि जिल्लाको राजनीतिक माहोल चुनावमय बनिसकेको छ ।
पूर्वमन्त्रीहरू क्षेत्र नम्बर १ मा प्रदीप यादव, क्षेत्र नम्बर २ मा अजयकुमार चौरसिया, क्षेत्र नम्बर–३ मा सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र नम्बर ४ मा रमेश रिजालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चारै जना पूर्वमन्त्रीहरूसँग भिड्न थप १०५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।
मंगलबार नोमिनेसन दर्ता गराएका पूर्वमन्त्री यादव वन, स्वास्थ्य र खानेपानी मन्त्री बनेका थिए । त्यसैगरी पूर्वमन्त्री चौरसिया भने यसअघिको सरकारमा कानुन मन्त्री थिए भने सुरेन्द्र चौधरी पनि विज्ञान मन्त्री बनेका थिए ।
यसैगरी पूर्वमन्त्री रिजाल उद्योग मन्त्री भइसकेका छन् । उनी पनि ०७९ सालमा मन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण