टी–२० विश्वकप : बंगलादेशको अडानलाई पाकिस्तानको साथ, भारत नजाने चेतावनी
सारांश
- सन् २०२६ को टी-२० विश्वकप अघि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेको छ, जसलाई पाकिस्तानले समर्थन गरेको छ।
- बंगलादेशले सुरक्षा चिन्ता जनाउँदै खेल श्रीलंका सार्न माग गरेको छ, जसलाई आईसीसीले बुधबार बैठक बोलाएर छलफल गर्दैछ।
- विवादको कारण आईपीएल २०२६ मा मुस्ताफिजुर रहमानलाई हटाउन बीसीसीआईको निर्देशन र बंगलादेशको विरोध रहेको छ।
इस्लामाबाद । सन् २०२६ को पुरुष टी–२० विश्वकप सुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा विश्व क्रिकेटमा नयाँ राजनीतिक र सुरक्षा विवाद चुलिएको छ।
छिमेकी मुलुक भारतसँगको बिग्रँदो राजनीतिक सम्बन्ध र सुरक्षा चिन्तालाई कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेलहरू भारतमा खेल्न अस्वीकार गरेको छ। बंगलादेशको यो अडानलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि औपचारिक पत्रमार्फत समर्थन जनाएपछि आईसीसी दबाबमा परेको हो।
आईसीसीले बंगलादेशको सहभागिताका बारेमा अन्तिम निर्णय लिन बुधबार बोर्ड बैठक बोलाएको छ। बंगलादेशले सुरक्षा संवेदनशीलताका कारण आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्नुपर्ने माग राख्दै आएको छ। यता पाकिस्तानले पनि बंगलादेशको चिन्ता जायज भएको भन्दै आईसीसीलाई पत्र लेखेपछि यो मामिला थप पेचिलो बनेको हो। पीसीबीले आफ्नो पत्रको बोधार्थ आईसीसी बोर्डका अन्य सदस्यहरूलाई समेत पठाएको छ।
विवादको जड इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सँग जोडिएको छ। मुस्ताफिजुर रहमानलाई कोलकता नाइट राइडर्सबाट हटाउन भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले दिएको निर्देशनपछि दुई देशबिचको सम्बन्धमा तिक्तता आएको थियो। त्यसलगत्तै बंगलादेश सरकारले आफ्नो टोलीलाई भारत नपठाउने औपचारिक घोषणा गरेको थियो। बंगलादेशभित्रै पनि यस विषयलाई लिएर खेलाडीहरूले बीपीएल बहिष्कार गर्नेसम्मका आन्दोलन गरिरहेका छन्।
आईसीसीले भने अहिलेसम्म विश्वकपको तालिका परिवर्तन नगर्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने अडान राख्दै आएको छ। पाकिस्तानले बंगलादेशका खेलहरू आफ्नो देशमा गराउन प्रस्ताव गरेको अपुष्ट खबरहरू बाहिरिएका छन् भने बंगलादेश नआएमा पाकिस्तानले पनि आफ्नो सहभागिता पुनर्विचार गर्न सक्ने सम्भावना देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण