इन्धन व्यवस्थापनमा आयल निगम, निर्वाचनका बेला पेट्रोलियम पदार्थको खपत बढ्नसक्ने
काठमाडाैँ । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।
नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वात्तै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ ।
सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए ।
उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।
उनले २–४ दिन बोर्डर बन्दै भएपनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए । कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसैसाता आयल निगम निर्णयमा पुग्नेछ ।
नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हबाइ इन्धन, ग्यास ल्याउने गरेको छ ।
हाल वितरण, डिपोहरु आयल निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्नसक्ने व्यवस्था निगमले मिलाएको कार्यकारी निर्देशक भट्टले बताए ।
नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तिब्र पारेको छ । २ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई डिजेल १२ दिनलाई मात्रै धान्नसक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङकी निर्माण गरेको छ ।
पोखराको १० हजार केएल ट्याङकीलाई निगमले संचालनमा समेत ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगंजमा रहेका ट्याङकीहरुलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ ।
अहिले डिजेल करिव १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।
पाइपलाइनको काम पनि तीव्र
नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई समेत तीव्र पारेको छ । अहिले मोतिहारी अमलेशगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । २०७६ मा डिजेलमात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेशगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, केरोशिन पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए ।
उनकाअनुसार अहिले डिजेल, पेट्रोल, मट्टितेल जतिबेला आवश्यक पर्याे त्यतिबेला भारतबाट ल्याउन सहज रहेको छ । भारतबाटै ट्याङकरमा इन्धन ल्याउँदा बेलाबेलामा ल्याउन कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उनको भनाइ छ ।
कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडामा समेत सस्तो पर्ने गरेको छ । दुवानी खर्च कटौँती भएकै कारण उपभोक्तलाई प्रतिलिटर २ रुपैँया इन्धन सस्तो पर्न गएको छ ।
आगामी दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ दुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उनले बताए । भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइदैछ ।
अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ ।
पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ ।
यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण