भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना
बुधबार, ०७ माघ २०८२, १५ : १०
काठमाडौँ । भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेकाे छ । उक्त विमान मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे ।
सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार दुर्घटनामा परेको विमान एम ११६ हो ।
विमानमा सवार दुई पाइलट प्यारासुटबाट तलाउमा हाम फालेका समाचारमा उल्लेख गरिएको छ । दुवैलाई स्थानीयले उद्धार गरेको र अवस्था स्थिर रहेको बताइएको छ ।
‘चालक दलका दुई सदस्यसहितको वायुसेनाको सानो विमान आज दिउँसो १२ बजे प्रशिक्षण मिसनमा थियो । यसलाई आपतकालीन अवतरण गर्नुपर्यो । दुवै चालक दलका सदस्यहरू सुरक्षित छन्’ पीआरओ डिफेन्स विङ्ग कमान्ड देबार्थो धरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण