हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सरोकारवालालाई आग्रह गरेको छ ।
यहाँस्थित जिल्लाका पाँचवटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसँग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।
फागुनदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्सनीय वातावरणमा सम्पन्न गर्न मुस्ताङ जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजना यही माघ १५ भित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी इकाई समक्ष बुझाउन प्रशासनले सूचित गराएको छ ।
निर्वाचन सुरक्षा प्रयोजनार्थ बुझाइएका हातहतियार निर्वाचनका सम्पूर्ण काम सकिएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण