न्युजिल्याण्डविरुद्ध भारत ४८ रनले विजयी
बिहीबार, ०८ माघ २०८२, ०० : ४३
सारांश
- भारतले न्युजिल्याण्डलाई ४८ रनले पराजित गर्दै टी-२० शृंखलामा १-० को अग्रता लिएको छ।
- पहिला ब्याटिङ गरेको भारतले २३८ रन बनायो, जसमा अभिषेक शर्माले ८४ रन बनाए।
- न्युजिल्याण्ड १९० रनमा समेटियो, ग्लेन फिलिप्सको अर्धशतक पनि जितका लागि पर्याप्त भएन।
काठमाडौँ । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ४८ रनले पराजित गर्दै १–० को अग्रता लिएको छ । बुधबार नागपुरमा सम्पन्न खेलमा भारतले पहिलो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २३८ रनको विशाल योगफल तयार गर्यो । अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएका थिए र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । रिंकु सिंहले ४४ रनको योगदान दिए भने कप्तान सूर्यकुमार यादवले ३२ र हार्दिक पाण्ड्याले २५ रन जोडे ।
बलिङतर्फ भारतका वरुण चक्रवर्ती र शिवम दुबेले २–२ विकेट लिए ।
२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९० रनमै सीमित रह्यो । ग्लेन फिलिप्सले अर्धशतक बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
शृंखलाको दोस्रो खेल जनवरी २३ मा रायपुरमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण