मार्सेलीविरुद्ध लिभरपुलको शानदार जित
सारांश
- च्याम्पियन्स लिगमा लिभरपुलले मार्सेलीलाई ३-० गोलले पराजित गर्यो।
- खेल मार्सेलीको घरेलु मैदानमा भएको थियो जहाँ लिभरपुलले सुरुदेखि नै आक्रामक खेल खेल्यो।
- सोबोस्लाइ, रुल्लीको आत्मघाती गोल र गाक्पोको गोलले लिभरपुलको जित सुनिश्चित गर्यो।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली टोली मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
मार्सेलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरोको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा डोमिनिक सोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
दोस्रो हाफमा पनि लिभरपुलको दबाब निरन्तर रह्यो । खेलको ७२औँ मिनेटमा मार्सेलीका गोलरक्षक जेरोनिमो रुल्लीबाट आत्मघाती गोल भएपछि लिभरपुलले २–० को अग्रता बनायो । खेल सकिन केही क्षण बाँकी रहँदा कोडी गाक्पोले इन्जुरी समयमा तेस्रो गोल गर्दै लिभरपुलको जितलाई थप सुनिश्चित गरे ।
जितसँगै लिभरपुलले सात खेलबाट पाँच जित निकाल्दै कुल १५ अंक जोडेको छ । यता पराजित मार्सेलीले समान सात खेलबाट तीन जित मात्र निकाल्दै ९ अंकमा सीमित भएको छ ।
यस्तै बिहीबार नै सम्पन्न भएको अर्को खेलमा बायर्न म्युनिखले युनियन सेन्ट–गिलोइसलाई २–० गोल अन्तरले पराजित गरेको छ भने न्यूक्यासल युनाइटेडले पीएसभीलाई ३ –० ले पराजित गरेको छ ।
त्यस्तै युभेन्टसले बेन्फिकालाई २–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण