शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जो एकजना मात्रै उम्मेदवार हुँदा पनि स्वतन्त्र लडेनन्

बिहीबार, ०८ माघ २०८२, १९ : ४३
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि ९ वटा दलले देशभर १६५ निर्वाचन क्षेत्रमध्ये एकमात्र क्षेत्रमा उम्मेदवारी दिएका छन् । देशभर स्वतन्त्र उम्मेदवारीको लहर चल्दा ९ राजनीतिक दलका उम्मेदवारले दलकै नामबाट एक जनामात्र उम्मेदवारी दिएका हुन् । 

यसरी दलबाट एकल उम्मेदवारी दिनेमा पूर्वमा झापादेखि पश्चिममा कालिकोटसम्मका छन् । 

१. इतिहासिक जनता पार्टीः यो पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं. १ मा ६० वर्षीय बद्री नारायण ठाकुर सोनार चुनावी मैदानमा उत्रिएका छन् । 

२ गान्धीवादी पार्टी नेपालः यो पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा एकल उम्मेदवारी दिएको छ । ४२ वर्षीय लाल बहादुर राना उक्त पार्टीबाट उम्मेदवारी दिएका छन् । 

३. देशभक्त समाजः एकमात्र निर्वाचन क्षेत्र रहेको कालिकोटमा उक्त दलबाट ४० वर्षीय प्रेमसिंह तिरुवा एकल उम्मेदवार बनेका छन् । 

४. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) : उक्त पार्टीले संघीय राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ बाट ५४ वर्षीय युवराज काफ्ले उम्मेदवारी दिएका छन् । 

५. नेपाल मातृभूमि पार्टीः यो पार्टीबाट कास्की निर्वाचन क्षेत्र नं. ३ बाट ५० वर्षीय ओम प्रकाश विश्वकर्माले एकल उम्मेदवारी दिएका छन्।

६. राष्ट्रिय जनता पार्टी नेपाल (महोत्तरी):  यो पार्टीले महोत्तरी निर्वाचन क्षेत्र नं. २ मा मात्र उम्मेदवारी दिएको छ । यहाँबाट ५८ वर्षीय रामलखन साह कानुनले उम्मेदवारी दिएका छन् । यो मुलधारको राजपाको टुक्रिएको घटक हो ।

७. राष्ट्रिय नागरिक पार्टीः यो पार्टीले चितवन निर्वाचन क्षेत्र नं. ३ बाट ३० वर्षीय विजन गुरुङले उम्मेदवारी दिएका छन् । 

८. राष्ट्रिय सद्भावना पार्टीः राष्ट्रिय सद्भावना पार्टीले पूर्वको झापा जिल्लामा आफ्नो उपस्थिति जनाएको छ। झापा निर्वाचन क्षेत्र नं. १ बाट ६० वर्षीय ओलीना राजवंशीले पार्टीको एकल उम्मेदवारी दिएका छन् ।

९. राष्ट्रिय साझा पार्टीः राष्ट्रिय साझा पार्टीले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएको छ । यहाँ ६८ वर्षीय भुपी राई उम्मेदवार बनेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप