राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
सारांश
- आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ।
- बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र सदस्य रिक्तताको सूचना सुनाइनेछ।
- समितिका प्रतिवेदन पेश हुने र गृहमन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ।
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहरु सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्व सदस्य होमनाथ दाहालको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण