६० केजी सुन तस्करी प्रकरण : पुर्पक्षका लागि थुनामा रहेका चार जना आदेश बदरको माग राख्दै सर्वोच्च पुगे
सारांश
- ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन्।
- जिल्ला र उच्च अदालतको आदेश बदरको माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन्।
- चीनबाट स्कूटरको ब्रेक शुमार्फत सुन तस्करी प्रकरणमा उनीहरू पक्राउ परेका थिए।
काठमाडौँ । ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन् । थुनामा रहेका भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी, मिङ सिङ टेरेन्स सी जिल्ला र उच्चको आदेश बदरको माग राख्दै सर्वोच्च पुगेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेपछि चारै जना सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाले दिएको निवेदन एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ ।
चीनबाट स्कूटरको ब्रेक शुमार्फत सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको दोस्रो चरणको अनुसन्धानका क्रममा प्रतिवादीहरू पक्राउ परेका थिए । चिनियाँ नागरिक गेङ्गाले कुङ्गा टासी शेर्पाको नाममा नेपाली नागरिकता लिएका व्यक्ति हुन् । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाटै जारी भएको देखिन्छ । सोही नाममा सवारीचालक अनुमतिपत्र पनि जारी भएको पाइएको थियो । सवारीचालक लाइसेन्समा बुबाको नाम आङ नोर्बु शेर्पा लेखिएको छ ।
सिआइबीले चिनियाँ नागरिक शेरब ग्याल्मोलाई ६ केजी सुन र ४८ लाख रुपैयाँसहित बौद्ध तीनचुलीबाट पक्राउ गरेको थियो । उनीसँग पनि नेपाली नागरिकता फेला परेको थियो । सोनाम गुरुङको नाममा जारी भएको नागरिकता मुस्ताङको लोमान्थाङबाट झिकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण