रुपन्देही– २ का राप्रपा उम्मेदवार थापाले लिइन् उम्मेदवारी फिर्ता
शुक्रबार, ०९ माघ २०८२, १३ : ४२
सारांश
- राप्रपाकी उम्मेदवार कर्भिका थापाले रुपन्देही- २ बाट उम्मेदवारी फिर्ता लिएकी छिन्।
- उनले संविधानको व्यवस्थालाई स्वीकार गर्दै विदेश अध्ययनका कारण उम्मेदवारी फिर्ता लिएको बताइन्।
- पार्टीको अनुरोध र संविधानको भावना अनुसार उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।
काठमाडौँ । रुपन्देही– २ बाट राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार थापाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
थापाले संविधानको व्यवस्थालाई स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएको बताएकी छन् । विदेश अध्ययनको सिलसिलामा अस्थायी आवास अनुमति पत्र परित्याग गर्न ढिला भएकोले उनले उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।
थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठुलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु ।’
उनले आफूलाई साथ, सहयोग, हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण