महावीर पुनको चुनाव चिह्न त्रिभुज
शुक्रबार, ०९ माघ २०८२, १६ : ३१
सारांश
- शिक्षा मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
- उनले त्रिभुज चुनाव चिह्न पाएका छन् र सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
- उज्यालो नेपाल पार्टीले पुनलाई समर्थन गर्ने निर्णय गरेको छ।
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’
पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भइसकेको छ । पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए ।
उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण