सशस्त्रका आईजीले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्टता आवश्यक’
काठमाडौँ । सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्टता आवश्यक भएको बताएका छन् ।
सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’
परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ ।
२०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, मधेस आन्दोलन, सीमानामा हुने डकैती र बिपद्मा शान्ति कायम गरेर जिउधनको सुरक्षा गर्दै आएको अर्यालले बताए । उनले भने, ‘विपद्मा परेकाहरूलाई मृत्युको मुखबाट उद्धार गर्न सक्दा मात्र हाम्रो उपस्थिति सार्थक रहन्छ ।’
सीमा सुरक्षासँगै साम्प्रदायिक द्वन्द्व तथा आवाञ्छित गतिविधि नियन्त्रण गर्न सशस्त्र तयार रहेको अर्यालले बताए । सीमानामा विद्युतीय अभिलेख राख्न अपरिहार्य भएको उल्लेख गर्दै आईजी अर्यालले भने, ‘यसमा सरकारको चासो आवश्यक छ ।’
स्थापनाको २५ औँ वर्षमा सशस्त्रले अग्नि, जल र उच्च हिमाली क्षेत्रमा उद्धार गर्न सक्ने क्षमता बनाएको अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण