अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबिच वार्ता सुरु
अबुधाबी । रूस, युक्रेन र अमेरिकाबिच अबुधाबीमा त्रिपक्षीय वार्ता सुरु भएको संयुक्त अरब इमिरेट्सले शुक्रबार जानकारी गराएको छ। मस्कोले किएभलाई आफ्नो पूर्वी डोनबास क्षेत्रबाट फिर्ता गर्ने आफ्नो माग फिर्ता नलिने बताएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेत्र नै मुख्य मुद्दा रहेको र वार्ताको एजेन्डामा रहने बताएका छन् । करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनामा मस्को र किएभबिच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो ।
युएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ता आज अबुधाबीमा सुरु भएको हो र यो वार्ता दुई दिनसम्म जारी रहनेछ ।” डाभोसमा अमेरिकी राजदूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राति अबेरसम्म वार्ता गरेको र अमेरिकी राजदूत स्टिभ विटकोफबीच डाभोसमा भेटवार्ता भएको भोलिपल्ट तीन देशका उच्च टोली वार्ताका लागि भेला भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण