तस्बिरमा हेर्नुहोस् पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भन्ज्याङ
भोजपुर । खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भन्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।
समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भन्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्रकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।
_C3H4uXp8MH.jpg)
चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने टेम्केमैयुङ गाउँपालिकाको योजना समेत रहेको छ ।
चखेवा भन्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्त्व झनै बढेको छ। गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।
_WFpfm3dwls.jpg)
गाउँपालिकाले “कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आधार” भन्ने मूल नारासहित चखेवा क्षेत्रको विकासमा लगनशीलता देखाएको छ। अबको लक्ष्य भनेको पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण र स्थायी पर्यटनको माध्यमबाट स्थानीय जीवनस्तरमा रूपान्तरण ल्याउनु रहेको गाउँपालिकाले बताउँदै आएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_kelLsklsOw.jpg)
_88GrWfuGny.jpg)
_Vbel6B3YAA.jpg)
_RHXfHdvzm2.jpg)
_YRP9R4UKcd.jpg)
_2befjwHNFG.jpg)
_O0o7ijfZvG.jpg)
_eKP87zO59l.jpg)
_S7nnv8CMK5.jpg)
_biJK3Kuijf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण