जिम्बाब्वेविरुद्धको खेलमा नेपाल बलिङ गर्दै
शनिबार, १० माघ २०८२, १३ : ३४
सारांश
- नेपालले जिम्बाब्वेविरुद्धको खेलमा टस जितेर बलिङ रोज्यो।
- टी-२० विश्वकप छनोटको सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब छ।
- नेपाल समूह 'बी' मा अंकविहीन छ, र सुपर सिक्समा पुग्न अन्य खेलको नतिजा कुर्नुपर्नेछ।
काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको छ ।
टी–२० विश्वकप छनोटको सुपर सिक्समा पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । सुपर सिक्समा पुग्न नेपालले जितेर मात्र पुग्ने छैन । अन्य खेलको नतिजाको प्रतीक्षा गर्नुपर्ने छ ।
समूह ‘बी’ का यी दुवै टोली अङ्कविहीन छन् । नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण