अफगानिस्तानमा भारी हिमपात : ६१ को मृत्यु, ११० घाइते
अफगानिस्तान । अफगानिस्तानमा बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा बढी रहेको देखाएको छ । “हिमपात र बर्षाका कारण भएको हताहतीको विभिन्न क्षेत्रहरूबाट रिपोर्ट सङ्कलन गर्ने क्रम अझै जारी छ र हताहत हुनेको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ, जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण