गण्डकीमा सुरु भयो मतदान, खगराजले दिए पहिलो मत
आइतबार, ११ माघ २०८२, ०९ : २४
पोखरा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन सुरु भएको हो ।
पहिलो मतदाताका रूपमा एमाले नेता तथा प्रदेश सांसद खगराज अधिकारीले मत दिए । गण्डकीमा २ पदका लागि ६ जना उम्मेदवार छन् । कांग्रेस र एमालेको गठबन्धन रहेको यहाँ कांग्रेसले अन्यमा जगत तिमिल्सिना र एमालेले महिला क्लष्टरमा सम्झना देवकोटा उम्मेदवार छन् ।
नेकपाबाट अन्यमा कपिल लामा र महिलामा गोमा घिमिरे रुची, राष्ट्रिय जनमोर्चाबाट अन्यमा शंकर बराल र महिलामा लक्ष्मी बास्कोटा उम्मेदवार छन् ।
गण्डकीमा १ सय ६९ जना स्थानीय तहका जनप्रतिनिधि र ५९ जना प्रदेश सांसद मतदाता छन् । ३ बजेसम्म मतदान सकेर ४ बजेभित्रै परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण