लुम्बिनी प्रदेश : आधा घण्टामा स्थानीय तहको ५० मत खस्यो
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो ।
जसअन्तर्गत लुम्बिनी प्रदेशमा ९ बजेर ३० मिनेट जाँदा लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको २६ मत खसेको छ । त्यस्तै स्थानीय तहको ५० मत खसिसकेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदमा निर्वाचन भएकाे हाे।
लुम्बिनीमा तीन सिटका लागि हुने निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेले संयुक्त उम्मेदवार खडा गरेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिस्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता गरेका छन् । लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता–अल्पसङ्ख्यक र अन्य गरी तीन सदस्य निर्वाचित हुँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण