फागुन २१ पछि देशको प्रधानमन्त्री गगन थापा हो, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाइली
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गरेका हुन् । उनले चुनावपछि गगन थापा देशको नयाँ प्रधानमन्त्री हुने दाबी गरे ।
उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै आन्तरिक समीकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको बताए । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताए ।
सहमहामन्त्री रसाइलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।
उनले निर्वाचनलाई बलियो बनाइ रुख चिह्नलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरु सबैले न्याय पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण