मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

आइतबार, ११ माघ २०८२, २२ : १८
आइतबार, ११ माघ २०८२

सोल ।  दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे–चानको आइतबार भियतनाममा उपचारका क्रममा निधन भएको छ ।

योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्को एशिया–प्रशान्त क्षेत्रीय समितिको बैठकमा भाग लिइरहेका बेला भियतनाममा बेहोस हुनुभएपछि उनलाई हो ची मिन्ह सिटीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई जटिल ‘मायोकार्डियल इन्फ्रक्सन’ भएको र उपचार सुरू गरिएको थियो । स्थानीय समयअनुसार दिउँसो २ः ४८ बजे उनको मृत्यु भएको थियो।

दक्षिण कोरियाको प्रजातान्त्रिक आन्दोलनमा सात पटक सांसद बनेका ली सन् २००४ देखि २००६ सम्म पूर्व राष्ट्रपति रोह मु–ह्युनको नेतृत्वमा प्रधानमन्त्री बनेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप