अमेरिकामा हिमआँधीमा परेर मर्नेको सङ्ख्या सात पुग्यो
सारांश
- अमेरिकामा हिमआँधीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ।
- सयौँ हजार घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने हजारौँ उडान रद्द भएका छन्।
- हिमआँधीले १८ करोड अमेरिकी नागरिकलाई असर गर्ने अनुमान गरिएको छ।
वासिङ्टन डीसी । अमेरिकाभर व्याप्त भीषण र खतरनाक हिमआँधीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । आँधीको प्रभावका कारण सयौँ हजार घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)का अनुसार टेक्सासदेखि न्यु इङ्ग्ल्यान्डसम्म जीवनका लागि खतरापूर्ण अवस्था छ । आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ, देशभर विद्यालय र सडकहरू बन्द गरिएका छन् भने हजारौँ हवाई उडान रद्द भएका छन् । आइतबार दिउँसोसम्म ८ लाखभन्दा बढी घरधुरीमा बिजुली काटिएको र ११ हजारभन्दा बढी उडान रद्द भएको छ ।
चिसोका कारण हाइपोथर्मियाबाट लुइसियानामा दुई जनाको मृत्यु भएको राज्यको स्वास्थ्य विभागले पुष्टि गरेको छ । टेक्सास, टेनेसी र कान्सासमा पनि आँधीसँग सम्बन्धित थप मृत्युका घटना रिपोर्ट भएका छन् । कान्सासका अधिकारीहरूका अनुसार आइतबार दिउँसो हिउँले ढाकिएको अवस्थामा फेला परेकी एक महिलाको मृत्यु हाइपोथर्मियाका कारण भएको हुनसक्ने आशंका गरिएको छ । टेनेसीमा मौसमकै कारण तीन जनाको मृत्यु भएको जनाइएको छ ।
न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले सामाजिक सञ्जाल एक्समा शनिबार मात्र सहरमा कम्तीमा पाँच जनाको मृत्यु भएको उल्लेख गर्दै ती मृत्युको कारण अझै पुष्टि हुन बाँकी रहेको बताएका छन् । भारी हिमपात, असिना र ‘फ्रिजिङ रेन’ जस्ता जोखिमपूर्ण अवस्था अझै केही दिन कायम रहन सक्ने अनुमान गरिएको छ ।
यो आँधीले करिब १८ करोड अमेरिकी नागरिकलाई असर गर्न सक्ने मौसम विभागको अनुमान छ । यो भनेको अमेरिकाको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण