विवादित गतिविधिमा संलग्न व्यक्तिलाई निर्वाचनमा बहिष्कार गर्नुपर्छ : थापा
पोखरा । आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तिलक थापामगरले विभिन्न विवाद र अनियमिततामा जोडिएका व्यक्तिहरूलाई निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताएका छन्। सहकारी, लघुवित्त तथा अन्य आर्थिक अनियमितताका आरोप लागेका व्यक्तिहरू उम्मेदवार बनेर मत माग्न आएको सचेत रहनुपर्ने उनको भनाइ छ।
आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको सोमबार पोखरामा बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले मतदाताले स्वच्छ छवि र जनहितमा काम गर्ने उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताए। उनले लोभलालच देखाएर मत प्रभावित गर्ने प्रयासबाट सजग रहन आग्रह गरे।
थापामगरले निर्वाचनमार्फत जिम्मेवार र इमानदार नेतृत्व चयन गर्नुपर्ने उल्लेख गर्दै आजपाका उम्मेदवारलाई मोबाइल छापमा मतदान गर्न आग्रह गरे। उनका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र उत्तरदायी प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसर हो।
बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको चुनावी रणनीति, संगठनात्मक परिचालन तथा प्रचारप्रसारका विषयमा छलफल गरिएको आजपा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेलले जानकारी दिए।
आजपा गण्डकी प्रदेशका अध्यक्ष तथा प्रदेश निर्वाचन परिचालन समितिका अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी उपाध्यक्ष एलिजा गौतम, निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष साह, सचिवालय सदस्य तेजबहादुर कुमाल, बिजेन्द्र चौधरी, विमल कँडेल, पवित्रा मल्ललगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण