बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकतन्त्र जोखिममा छ : रमेश लेखक

सोमबार, १२ माघ २०८२, २० : १४
सोमबार, १२ माघ २०८२

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । 

सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन् ।

“अहिले देश अप्ठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ ।” लेखकले भने,“यस्तो बेलामा सबै साथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ ।”

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए । देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो । 

स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका हुन् । नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप