ज्ञानकाे मन्दिरमा अध्यक्षकाे अज्ञानता, शिक्षकमाथि नै जातीय विभेद !
सारांश
- कञ्चनपुरको एक विद्यालयका अध्यक्षमाथि जातीय विभेदको आरोप लागेको छ।
- शिक्षक सार्कीले अध्यक्ष भण्डारीले टिका पातमा ल्याएर जातीय विभेद गरेको आरोप लगाएका छन्।
- शिक्षक सार्कीले न्यायका लागि निवेदन दिएका छन् भने महासंघले पनि घटनाको भर्त्सना गरेको छ।
काठमाडौँ । कञ्चनपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि जातीय विभेद गरेकाे आराेप लागेकाे छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयका अध्यक्ष सागर कुमार भण्डारीले सोही विद्यालयका सहायक प्रधानाध्यापक गजीराम सार्कीलाई जातीय विभेद गरेकाे आराेप लागेकाे हाे ।
गत शुक्रबार (माघ ९) सरस्वती पूजाको दिन अध्यक्ष भण्डारीले आफूमाथि जातीय विभेद गरेको शिक्षक सार्कीले बताए । शिक्षक सार्कीले अध्यक्ष भण्डारीले टिका पातमा ल्याई हातमा दिएर अपमानजन्य, अमानवीय र जातीय विभेद गरेको बताए ।
‘म टिकाको लागि लाइनमै बसेको थिएँ, मेराे पालाे आएकाे नै थिएन । तर एकाएक पूजारीबाट टिका मागेर किन ल्याउनुभयाे उहाँले ?’
पूजारीबाट टिका लाउन नपाई बिचमै अध्यक्ष भण्डारीले पातमा टिका ल्याएकाे उनले बताए ।
संविधानमा स्पष्ट रूपमा जातीय विभेद गर्न नहुने उल्लेख गरिएको भएपनि अध्यक्ष भण्डारीले ज्ञानको मन्दिरमा अज्ञानता देखाएको शिक्षक सार्कीकाे भनाइ छ । शिक्षक सार्कीका अनुसार अध्यक्ष भण्डारीले गल्ती स्वीकार गरेका छन् ।
आफूमाथि जातीय विभेद भएको भन्दै शिक्षक सार्कीले नेपाल शिक्षक महासङ्घ कृष्णपुरमा न्यायका लागि निवेदन समेत दिएका छन् ।

निवेदनमा उनले अध्यक्ष भण्डारीलाई कारबाहीको माग गरेका छन् ।
महासङ्घले पनि विज्ञप्ति जारी गर्दै विभेदको कडा आपत्ति जनाएको छ । सरस्वती पूजामा एक दलित शिक्षकलाई पातमा टिका दिने कार्य गरी अमानवीय व्यवहार, जातीय भेदभाव गरिएको कार्यको घोर भर्त्सना गरेको छ ।

शिक्षा क्षेत्र भित्रै दलित शिक्षकलाई जातको आधारमा अपमान गरिनु भनेको राज्यको कानुन, मानव अधिकार र समानताको मूल्यलाई खुलेआम चुनौती दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै अध्यक्ष भण्डारीलाई तत्काल पदबाट हटाई कानुन अनुसार कारबाहीको माग गरिएको छ ।
यता विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सागर कुमार भण्डारी भने आफूले शिक्षक सार्कीमाथि जातीय विभेद नगरेको दाबी गर्छन् । उनले आफूहरू सँगै बसेर पूजा गरेको समेत बताए ।
शिक्षक सार्कीले पूजारीबाट टिका नलगाउने भनेपछि आफूले नै सार्कीलाई टिका लगाइदिएकाे बताए । पछि लाइनमा टिका लगाउन किन जानुभएन भनेर साेध्दा शिक्षक सार्कीले बुबा समान मान्छेकाे अपमान किन गर्ने भन्ने जवाफ दिएकाे बताए।
‘सरस्वती पूजामा देवदत्त भट्ट पुजारी हुनुहुन्थ्याे । उहाँ चाहीँ गजीराम सरकै ब्राह्मण हुनुहुन्छ । उहाँलाई थाहा थियाे कि मेराे ब्राह्मणले मलाई टिका लगाउँदैनन् । त्यही कारण उहाँ चाहीँ पछाडि बसिराख्नुभएकाे रहेछ,अध्यक्ष भण्डारीले भने,‘घटना सुनियाेजित गराउनुहुन्छ भन्ने मलाई थाहा नै भएन । मैले साेचेँ सँगै बस्छाैँ, एउटै टेबलमा बसेर नास्तापानी गर्छाैँ । विभेद नमान्लान् । मैले राम्रै गर्न खाजेकाे थिएँ। तर उहाँले मलाई विभेद गर्याे भनेर आराेप लगाउनुभयाे ।’
उनले रातोपाटीसँग भने, ‘मैले उहाँ(शिक्षक)लाई जातीय विभेद गरेको छैन । सुनियोजित रूपमा मलाई फसाउन खोजिएको छ । उहाँले ममाथि त्यत्तिकै आरोप लगाइरहनुभएको छ । मैले विभेद गरेकै छैन ।’
सरस्वती पूजा शिक्षक र विद्यार्थीबिचकाे पूजा भएकाे समेत उनले बताए ।
विद्यालयका प्रधानाध्यापक डम्बरराज जोशी भने त्यसदिन आफू विद्यालयमा नभएको बताउँछन् । यद्यपि उनले अध्यक्ष भण्डारीले शिक्षक सार्कीमाथि जातीय विभेद गरेकोजस्तो देखिएको बुझ्नमा आएको बताए।
‘बुबाको मृत्युले गर्दा म विद्यालयमा गएको थिइनँ । पछि बुझ्दा खेरी अध्यक्षज्यूबाट उहाँ(शिक्षक)माथि जातीय विभेद भएकोजस्तो देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण