राप्रपा एक्लै चुनाव लड्छ, हाम्रो तालमेल जनतासँग हो: राप्रपा अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कुनै गठबन्धन नगर्ने बताए।
- उनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग रहेको र एक्लै चुनाव लड्ने कुरा स्पष्ट पारे।
- झापामा एमालेसँग तालमेलको हल्ला चलिरहेका बेला उनले त्यसलाई अस्वीकार गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन् ।
चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा व्यस्त रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग बताउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन् ।
पछिल्लो समय झापामा नेकपा एमाले लगायत अन्य दलहरूसँग राप्रपाको चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘हाम्रो नीति सुरुदेखि नै स्पष्ट छ। म जनतासँग गठबन्धन गरेर एक्लै चुनाव लड्छाैँ।’
अध्यक्ष लिङ्देनले राप्रपाले जनताको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै केही प्राविधिक कारणले उम्मेदवारी खारेज वा फिर्ता लिनुपरेका स्थानबाहेक देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण