चुनावको कारण ‘कल्ली’को प्रदर्शन स्थगित
सारांश
- निर्वाचनको कारणले फिल्म 'कल्ली' को प्रदर्शन स्थगित गरिएको छ।
- फिल्म १ फागुनदेखि देशव्यापी प्रदर्शनको तयारीमा थियो ।
- लेकाली इन्टरटेनमेन्ट प्रालिले नयाँ प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ।
काठमाडौँ । फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित भएको छ । फिल्म १ फागुनदेखि देशव्यापी प्रदर्शन तयारीमा थियो । चुनावका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको हो ।
फिल्म निर्माण संस्था लेकाली इन्टरटेनमेन्ट प्रालिका तर्फबाट किरण नेपालीले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचनको कारण फिल्मको प्रदर्शन स्थगित गरेको बताए । उनले सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गर्ने जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले आगामी फागुन १ गतेलाई ‘कल्ली’को सार्वजनिक प्रदर्शन मिति तय गरेका थियौँ । तर, वर्तमान परिस्थितिमा हाम्रो प्यारो देश निर्वाचनमा होमिएको छ। राष्ट्रको भविष्य के हुने हो भन्ने महत्त्वपूर्ण र जटिल घडीमा सम्पूर्ण नागरिकको ध्यान र राज्यको प्राथमिकता देशको राजनीति र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक र आवश्यक पनि हो। हामी विश्वास गर्छौँ— पहिले देश, अनि मात्र कला र मनोरञ्जन ।’
फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण