चुमनुव्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्दै सुदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्ने भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्ने बताए । उनले भनेका छन्– 'आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईंहरूसामु आएको हुँ । '
गुरुङले थप भनेका छन्– 'हामीले भोगेका कठिन दिन, अधुरा सपना र अझै बाँकी रहेका कामहरू पूरा गर्न तपाईँहरूको साथ, विश्वास र आशीर्वाद नै मेरो सबैभन्दा ठुलो शक्ति हो । त्यो भरोसाको ऋण म विकास, सुशासन र इमानदार सेवामार्फत तिर्ने वाचा गर्दछु । देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । गोरखाको सम्मान, हाम्रो समाजको भविष्य र हाम्रो नेपालका लागि सँगै अघि बढौँ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण