ओखलढुङ्गाको चिशंखुगढीमा लुटपाटपछि दम्पतीको हत्या
मङ्गलबार, १३ माघ २०८२, ११ : १९
काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढीमा लुटपाटपछि एक दम्पतीको हत्या भएको छ ।
चिशंखुगढी गाउँपालिका ६ को भदौरेस्थित बोहोरेमा स्थानीय चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्या भएको खबर आएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।
उनका अनुसार घट्नाबारे जानकारी प्राप्त भएपछि ओखलढुंगा जिल्लाका प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ पठाइएको छ । लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीयले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मग्रातीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले घट्नाको खबर पाउनेवित्तिकै आफु घटनास्थलतर्फ लागेको जानकारी दिए । यसअघि पनि सोही पालिकामा २ जनाको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण