‘आबाट आमा’मा सेन्सर पास
सारांश
- चलचित्र 'आ बाट आमा' सेन्सर बोर्डबाट पास भएको छ र युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।
- निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी पास भएकोमा खुशी व्यक्त गरे।
- फिल्ममा प्रदीप रावत, बिपना थापा, पल शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)ले सोमबार फिल्म हेर्दै युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) दिँदै प्रदर्शनका लागि पास गरेको हो ।
फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने गरेर पास भएको खुसी व्यक्त गरे । फिल्ममा भारतीय अभिनेता प्रदीप रावत, अभिनेत्री बिपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको र छायांकन नवराज उप्रेतीको छ ।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने, क्षितिज ढुंगाना निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण