घृणा फैलाएको आरोपमा अस्ट्रेलियाले रद्द गर्यो इजरायली इन्फ्लुएन्सरको भिसा
सारांश
- अस्ट्रेलियाले इजरायली इन्फ्लुएन्सर सामी याहूदको भिसा रद्द गरेको छ, जसले इस्लामविरुद्ध अभियान चलाएका थिए।
- अस्ट्रेलियाले घृणा फैलाउने उद्देश्यले आउने आगन्तुकलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ, गृह मामिला मन्त्रीले पुष्टि गरे।
- याहूदले इस्लाम, महिला अधिकार, बाल अधिकार र समलैंगिक अधिकारबारे घृणित टिप्पणी गरेका थिए र उनले अमेरिकी सांसदलाई देशनिकाला गर्नुपर्ने बताएका थिए।
मेलबर्न । अस्ट्रेलियाले एक इजरायली इन्फ्लुएन्सरको भिसा रद्द गरेको छ । इस्लामविरुद्ध अभियान चलाउँदै आएका सामी याहूदको भिसा रद्द गरिएको छ । यस कदमबाट अस्ट्रेलियाली सरकारले देशमा घृणा फैलाउने उद्देश्यले आउने आगन्तुकलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ ।
गृह मामिला मन्त्री टोनी बर्कले मंगलबार जारी विज्ञप्तिमा ‘घृणा फैलाउनु अस्ट्रेलिया आउनुका लागि राम्रो कारण होइन’ भन्दै इन्फ्लुएन्सर याहूदको भिसा रद्द गरिएको पुष्टि गरेका छन् । याहूदले इजरायलबाट उडान भर्नुअघि करिब तीन घण्टा अगाडि आफ्नो भिसा रद्द भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।
भिसा रद्द हुनुभन्दा केही घण्टा अघि याहूदले माइक्रो ब्लगिङ वेबसाइट एक्समा इस्लामलाई गैर–आस्थावान, महिलाको अधिकार, बालअधिकार र समलैंगिक अधिकार सहन नसक्ने धर्म भन्दै घृणित विचारधारा र आक्रामक भनेर टिप्पणी गरेका थिए । उनले अमेरिकाकी मुस्लिम सांसद इल्हान ओमारलाई देशनिकाला गर्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।
अस्ट्रेलियाले यसै महिना सिड्नीको बन्डाइ बीचमा भएको यहूदी उत्सवमा सामूहिक गोलीकाण्डपछि घृणा अपराधसम्बन्धी कानुन कडा बनाएको थियो, जसमा १५ जनाको ज्यान गएको थियो । बेलायतमा जन्मिएका याहूद हालै इजरायलको नागरिक बनेका छन् । उनले संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए)को पनि सार्वजनिक रूपमा उपहास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण