ओमानमा डुङ्गा पल्टिँदा तीन फ्रान्सेली पर्यटकको मृत्यु
मङ्गलबार, १३ माघ २०८२, १६ : २०
मस्कट । ओमानको राजधानी मस्कट नजिकै डुङ्गा पल्टिँदा तीन फ्रान्सेली पर्यटकको डुबेर मृत्यु भएको छ ।
रोयल ओमान प्रहरीले मंगलबार बताएको भन्दै अल जजिराले समाचार छापेको छ । प्रहरीका अनुसार डुङ्गामा २५ जना फ्रान्सेली पर्यटक, एक जना टुर गाइड र क्याप्टेन सवार थिए । डुङ्गा गल्फ अफ ओमानमा सुल्तान काबुस पोर्टबाट करिब २ दशमलव ५ माइल टाढा पल्टिएको हो ।
यस घटनामा तीन जनाको मृत्यु र दुई जना सामान्य घाइते भएको बताइएको छ । डुङ्गा कसरी पल्टियो भनेर पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले एउटा छोटो विज्ञप्तिमा भनेको छ । फ्रान्सको परराष्ट्र मन्त्रालयले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण