देशको नेतृत्व असल नहुँदा लुम्बिनीलगायत देशकै प्राकृतिक सौन्दर्य बेच्न सकेनौं : प्रभु साह
बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालले लुम्बिनीलगायत देशका प्राकृतिक सौन्दर्यलाई विश्वसामु सही रूपमा बेच्न नसकेको टिप्पणी गरेका छन् । देशको नेतृत्वमा पुगेकाहरूसँग स्पष्ट भिजन नहुँदा नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदै पनि पछि परेको उनको भनाइ छ ।
मंगलबार बुटवलमा सम्पन्न आजपाको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले विश्व सम्पदा सूचीमा सूचीकृत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर एकीकृत विकासका लागि गम्भीर पहल हुन नसकेको गुनासो गरे । लुम्बिनीको गौरव बढ्ने गरी आगामी दिनमा काम गर्नुपर्ने उनको धारणा थियो ।
लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने भएकाले वर्षमा कम्तीमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना र काम अघि बढाउनुपर्ने साहले बताए ।
आजपा अध्यक्ष साहले भने, ‘धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्छ । तर यसलाई अझ व्यवस्थित र आकर्षक बनाउन सक्नुपर्छ । सरकार, सरोकारवाला निकाय र स्थानीय सरकारबीच समन्वय गरी लुम्बिनीको बृहत्तर विकासमा ध्यान दिनुपर्छ ।’
गौतम बुद्धको नाममा स्थापित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै भ्रष्टाचार भएको समाचारले विश्वभर नेपालको प्रतिष्ठामा आँच पुगेको भन्दै साहले भ्रष्टाचारीमाथि कडा कारबाही गर्नुपर्ने बताए । भगवान् गौतम बुद्धको नाममा विमानस्थल खोलेर अर्बौं भ्रष्टाचार हुँदा देशको इज्जत कस्तो अवस्थामा पुगेको होला भन्ने विषयमा सोच्न उनले स्थानीय जनतालाई अपिल गरे ।
सो क्रममा साहले आगामी चुनावमा सही र गलत पार्टी छुट्याएर निर्णय गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण