सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै
बुधबार, १४ माघ २०८२, ०५ : ४०
सारांश
- आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
- अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा दिवस मनाइँदैछ, विभागले जानकारी दियो ।
- मन्त्रिपरिषद्को निर्णय अनुसार, यो दिवस प्रत्येक वर्ष माघ १४ गते मनाइन्छ ।
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।
मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण