चिकित्सा सेवालाई उपभोक्ता ऐनबाट हटाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
सारांश
- उपभोक्ता संरक्षण ऐनबाट चिकित्सा सेवालाई अलग गर्ने सहमति विरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदैछ।
- सर्वोच्च अदालतका न्यायाधीशद्वयको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ।
- उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटमा सरकार र चिकित्सक संघको सहमति रोक्न माग गरिएको छ।
काठमाडौँ । चिकित्सा सेवालाई उपभोक्ता संरक्षण ऐनको दायराबाट बाहिर राख्ने र उपभोक्ता अदालतको क्षेत्राधिकार सङ्कुचित गर्ने गरी सरकार र नेपाल चिकित्सक सङ्घबिच भएको सहमति विरुद्धको रिट सुनुवाइका लागि पेसीमा तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमा सरकार र चिकित्सक सङ्घबिच २०८२ असार २४ गते भएको ११ बुँदे सहमति र सो बमोजिम कानुन संशोधन गर्ने प्रक्रिया रोक्न माग गरिएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका मुद्दामा केही निजी अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गरेपछि नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको थियो ।
सोही दबाबका आधारमा सरकारले ११ दिनभित्र 'उपभोक्ता संरक्षण ऐन, २०७५' संशोधन गरी चिकित्सकहरूलाई उपभोक्ता अदालतको दायराबाट हटाउने र मेडिकल काउन्सिलको क्षेत्राधिकारभित्र मात्र राख्ने सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण