मिथिला चित्रकला तालिम काठमाडौँमा सुरु
काठमाडौँ । काठमाडौँमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको छ । मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उदेश्यले तालिम सुरु गरिएको हो ।
मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।
मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिका लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रतिभा मिश्रले जानकारी दिइन्।
तालिमको पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सीखेलस्थित मिथिला थालीमा तालिम सञ्चालन हुनेछ । तीनदिने प्रशिक्षणपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीमा अन्तिम चित्रकला प्रतियोगिता आयोजना गरिनेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी छन् ।
“मलाई सधैँ मिथिला पेन्टिङप्रति रुचि थियो । तालिममार्फत नयाँ डिजाइन सिकेर आफ्नै काम गर्न सक्नेछु । मलाई पहिलेदेखि नै यस्तो तालिम लिने इच्छा थियो । आज सहभागी हुन पाउँदा खुुसी लागेको छ”, तालिममा सहभागी क्रेशिका ढकालले बताइन् ।
तालिमको उद्घाटन गर्दै मास्टर सेफ सन्तोष साहले मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखेर देशविदेशमा चिनाउने उद्देश्य तालिम आयोजना गरिएको बताए ।
“धर्म, संस्कृति, परम्परा र कलालाई जोगाउनुका साथै नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिनुपर्छ”, साहले भने, “महिलालाई कलामार्फत आत्मनिर्भर बनाउने हाम्रो अर्को लक्ष्य हो । त्यसैले हामीले यो तालिम आयोजना गरेका हौँ ।”
साथै सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले महिलालाई घरमै सीमित नराखी यस्ता तालिममा सहभागी गराएर सीप सिकाउने र आम्दानीको अवसर दिने उद्देश्य रहेको बताइन् ।
पहिले सिकाएका महिला अहिले आफ्नै प्रयासले आम्दानी गरिरहेका छन् । यस तालिमले सहभागीलाई पनि त्यस्तै अवसर दिनेछ ।
परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले मिथिला चित्रकलाबारे तालिम प्रदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण