टेस्लाले बन्द गर्यो मोडेल एस र एक्सको उत्पादन
सारांश
- टेस्लाले मोडेल एस र एक्सको उत्पादन बन्द गर्ने घोषणा गरेको छ र अब रोबोट निर्माणमा ध्यान केन्द्रित गर्नेछ।
- कम्पनीको आर्थिक अवस्था कमजोर बन्दै गएको छ, खुद नाफा घटेको छ र बिक्रीमा कमी आएको छ।
- एलोन मस्कको राजनीतिक गतिविधि र प्रतिस्पर्धी कम्पनीहरूको उदयले टेस्लाको बजारमा चुनौती बढेको छ।
वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्नो दुई मोडेल एस र एक्सको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबारको बैठकमा यी महँगा मोडेलहरूको उत्पादन रोक्दै कारखानाको क्षमता अब मानवरूपी (ह्युमानोइड) रोबोट निर्माणमा प्रयोग गरिने जानकारी दिएका हुन् ।
मस्कले विद्युतीय गाडी बिक्री अब कम्पनीको मुख्य प्राथमिकतामा नरहन सक्ने सङ्केत समेत गरे । उनका अनुसार दुई सिटको, स्टेयरिङ र पेडलविहीन ‘साइबरक्याब’ नामक स्वचालित रोबोट ट्याक्सी भविष्यमा टेस्लाका अन्य सबै सवारी साधन भन्दा कयौँ गुणा बढी बिक्री हुने अपेक्षा गरिएको छ । तर टेस्लाको आर्थिक अवस्था कमजोर बन्दै गएको देखिन्छ ।
सन् २०२५ को अन्तिम त्रैमासमा कम्पनीको समायोजित आम्दानी १६ प्रतिशतले घटेको छ भने खुद आम्दानी ६१ प्रतिशतले खस्किएको छ । वार्षिक रूपमा हेर्दा कम्पनीको खुद नाफा ४६ प्रतिशतले घट्दै ३ अर्ब ३० करोड डलरले कमी आएको छ । चौथो त्रैमासमा टेस्लाको बिक्रीमा अहिलेसम्मकै सबैभन्दा ठुलो वार्षिक कमी आएको छ ।
सन् २०२२ मा १२ अर्ब ६० करोड डलरको कीर्तिमानी स्तरमा उक्लिएको टेस्लाको वार्षिक मुनाफा २०२५ सम्म आइपुग्दा त्यसको ३० प्रतिशतमा समेटिएको छ । पछिल्ला १० त्रैमासमध्ये ९ त्रैमासमा आम्दानी घटेको तथ्याङ्कले कम्पनी दबाबमा रहेको देखाउँछ ।
यसबिच मस्कको राजनीतिक गतिविधि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धका कारण अमेरिका र युरोपका केही ग्राहकबिच टेस्लाको छवि कमजोर भएको छ । अमेरिकी कर छुट हटेपछि विद्युतीय गाडी बिक्री घट्नु र चीनमा बीवाईडी जस्ता प्रतिस्पर्धी कम्पनीको उदयले टेस्लालाई थप चुनौती दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण