उपत्यकामा ‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ
बिहीबार, १५ माघ २०८२, १२ : २७
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित १५ जना उम्मेदवारले गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा सुरु गरे।
- उम्मेदवारहरूले काठमाडौँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गरे, जसले धार्मिक सहिष्णुताको सन्देश दिन्छ।
- पार्टीले जनताको समर्थन र हौसलाका आधारमा चुनाव जित्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।
यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका छन् ।
धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाका आधारमा आफूहरुले मत पाउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण