रसुवामा ट्राफिक कारबाही तीव्र
रसुवा । यातायात कार्यालय रसुवाको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।
गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनर चालकलाई जनही रु एक हजारका दरले जरिवाना गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन् । कारबाहीपर्नेमा चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन् ।
गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट सङ्कलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ । यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण