टी–२० विश्वकपमा नेपालको क्रेज, भारतपछि दोस्रो स्थानमा टिकट बिक्री
सारांश
- आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाली क्रिकेट टोलीको खेलको टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको छ।
- नेपालले प्रतियोगिताका चार खेल मुम्बईको वानखडे रंगशालामा खेल्नेछ, जहाँ टिकटको उच्च माग रहेको छ।
- वानखडे रंगशालामा नेपाली समर्थकको बाक्लो उपस्थिति रहने र नेपालको ‘होम ग्राउन्ड’ जस्तो बन्ने सम्भावना छ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको खेलहरूको टिकट भारत पछि दोस्रो स्थानमा बिक्री भएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार नेपालका खेलहरूको टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको हो ।
नेपालले प्रतियोगितामा खेल्ने चारवटै खेल मुम्बईको प्रतिष्ठित वानखडे रङ्गशालामा हुनेछन् । ती खेलका टिकटकाे उच्च माग रहेको बताइएको छ । भारत संलग्न खेलबाहेक सबैभन्दा धेरै टिकट नेपालका खेलका लागि बिक्री भएका छन् ।
‘नेपालका खेलहरूको टिकट बिक्री भारतपछि दोस्रो स्थानमा हुनु आफैँमा ठुलो कुरा हो । प्रतियोगिताका क्रममा वानखडे रङ्गशालामा ठुलो सङ्ख्यामा नेपाली समर्थक देखिनेछन्,’ स्रोतले जनाएको छ।
वानखडे रंगशाला यस प्रतियोगितामा नेपालको ‘होम ग्राउन्ड’ जस्तै बन्नेछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्याण्ड, फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ ।
यसले आईसीसी टी–२० विश्वकप २०२६ मा भारत आएका समर्थकमध्ये नेपाली समर्थक नै सबैभन्दा ठुलो यात्रा गर्ने समर्थक समूह बन्ने स्पष्ट सङ्केत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण