‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड’
काठमाडौँ । राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल मतदाता अधिकार मञ्चले बिहीबार आयोजना गरेको ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया संविधानमा व्यवस्था भएअनुसारको समावेशिता राजनीतिक दलहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेकपा (एमाले) का नेता विशाल भट्टराईले आफ्नो पार्टीले केन्द्रीय कमिटीमा ३६ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको र विधानले तोकेको ३३ प्रतिशतको सीमाभन्दा माथि महिलाको प्रतिनिधित्व रहेको बताए ।
उनले संविधानअनुसार सबै राजनीतिक दलले वर्गीय र जातीय समावेशीतामा काम गर्दैै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. जनक साहले पुरानो राजनीतिक संरचनामा रूपान्तरण नगरेसम्म जनताको अपेक्षा पूरा हुन नसक्ने र नेपालका सबैजसो राजनीतिक दलहरुमा पुनःसंरचना आवश्यक रहेको बताए । उनले दलहरु पूर्ण समावेशी तथा रुपान्तरित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने बताए।
राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान कागजमै सीमित हुँदा दलित समुदायले अझै लोकतन्त्रको अनुभूति गर्न नसकेको र दलित समुदाय वर्गीय तथा जातीय उत्पीडनमा रहेको उल्लेख गरे । उनले समावेशीता घोषणापत्रमा मात्र नभई कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिए।
मञ्चका अध्यक्ष भक्त विश्वकर्माले राजनीतिक दलहरुले समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने, सिमान्तकृतमैत्री घोषणापत्र, कार्यान्वयन गर्न सकिने घोषणा बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण