शहीद झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
जनकपुरधाम । प्रथम गणतन्त्रवादी शहिद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषण गर्न माग गरिएको छ । शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा जनकपुरधाम २३ सोनामाई स्थानस्थित शहिद दुर्गानन्द स्मारकमा आज आयोजित ६२औँ बलिदान दिवसको अवसरमा उक्त माग गरिएको हो ।
मधेस प्रदेशका सभामुख रामआशिष यादवले अमर शहिद दुर्गानन्द झा प्ररेणाका स्रोत केन्द्र रहेकाले उनको योगदान, देश र जनताको हितमा खेलेको अहम भूमिकाबारे अभिलेखालय स्थापना गर्न गराउन विशेष आग्रह गरे ।
उनले दुर्गानन्द झाका सहयात्री क्रान्ति वीर महामना राजेश्वर नेपालीको अथक प्रयासवाट दुर्गानन्द झाको पूर्णकदको सालिकप्रति आभार प्रकट गरे ।
पूर्वमन्त्री जुलीकुमारी महतोले गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले राणाशासनविरुद्धको आन्दोलन गर्दा राजाले सहयोग गरेका थिए तर गणतन्त्रका प्रथम शहिद दुर्गान्द झाले राजतन्त्र समाप्तिका लागि बलिदान दिएकाले उनलाई गणतन्त्रका प्रथम शहिद मानिएको जिकिर गरे ।
मारक समितिको अध्यक्ष तथा वडाध्यक्ष राघवेन्द्र साहले शहिद झाको प्रेरणाप्रद बलिदानमाथि बृहत प्रकाश पारे। वरिष्ठ पत्रकार श्रीनारायण साहले शहीद झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे ।
कार्यक्रममा प्रा रमेशकुमार साह, सीमञ्चल दैनिकका सम्पादक उपेन्द्र भगत नागबंशी, डा. शम्भु साह, सरफुदीन राइन, सफिकुल्ला राईन, वडा सदस्य विभादेवी ठाकुर, सकुन्ती देवी महरा,मोहिनुदीन राईन, पूर्ववडासदस्य कैलाश साह, देवेन्द्र महतो, सन्तोष चौधरी, गुलाव साहलगायतका वक्ताहरुले विचार व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दुर्गानन्द झाको योगदानलाई कदर गर्दै उनको अहम भूमिका र योगदानको चर्चा गर्नु थियो । गङ्गासागरको पूर्वी डिलमा योग शिविरको आयोजना गरिएको थियो ।
त्यसै गरी धनुषाको जटहीस्थित शहिद झा प्रवेशद्वारमा नेकपा (एमाले) की नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले छुट्टाछुट्टै कर्यक्रम गरी बलिदान दिवस मनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण