विश्वव्यापी सञ्जाल विस्तारमा योगदान दिने सैनिक विद्यालयका आजीवन सदस्य सम्मानित
सारांश
- सैनिक विद्यालय पूर्वविद्यार्थी संघले अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गरेको छ।
- विवेक पौडेल र बाबा राजेश्वरी थापालाई विदेशमा रहेका पूर्वविद्यार्थीहरूलाई एकीकृत गरेकोमा सम्मान गरियो।
- संघले शिक्षा, सामाजिक सेवा लगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ र आगामी दिनमा सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । सैनिक विद्यालय पूर्वविद्यार्थी संघ नेपालले संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका आजीवन सदस्यहरूलाई सम्मान गरेको छ।
संघको माघ १३ गते बसेको कार्यसमितिको बैठकले विदेशमा रहेका सैनिक विद्यालयका पूर्वविद्यार्थीहरूलाई एकीकृत गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका विवेक पौडेल र बाबा राजेश्वरी थापालाई सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार कार्यसमितिको बैठककै अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अवकाशप्राप्त सहायक रथी सुदर्शन विक्रम राणाले संयुक्त राज्य अमेरिकाबाट नेपाल आएका विवेक पौडेललाई खादा ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान व्यक्त गरे। अध्यक्ष राणाले संघको अन्तर्राष्ट्रिय पहिचान निर्माण र विश्वभर रहेका पूर्वविद्यार्थीहरूलाई एउटै सञ्जालमा जोड्न उनले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।
त्यस्तै, हाल अष्ट्रियामा रहेकी बाबा राजेश्वरी थापालाई गैरआवासीय नेपाली सञ्जालमार्फत सम्मानपत्र प्रदान गर्ने निर्णयअनुसार संघका महासचिव राजेन्द्रकुमार राउतले उनको तर्फबाट सम्मानपत्र ग्रहण गरे।
सैनिक विद्यालय तथा कलेजका पूर्वविद्यार्थीहरूलाई साझा मञ्चमा आबद्ध गर्दै संघले शिक्षा, सामाजिक सेवा, प्रविधि, खेलकुद तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। विदेशमा रहेका सदस्यहरूको सक्रिय सहभागिताले संस्थाको अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ हुँदै गएको संघले जनाएको छ।
संघले योगदानशील सदस्यहरूको सम्मानले सेवा, समर्पण र एकताको भावना अझ बलियो हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण