बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै

शुक्रबार, १६ माघ २०८२, १० : ३९
शुक्रबार, १६ माघ २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले मन्दिर निर्माणका लागि रु पाँच लाख नगद सहयोग प्रदान गरेकाे अध्यक्ष किरण राईले जानकारी दिए ।

साथै च्याङ्ग्रे पोखरी परिसरमा ५० थान ‘आराम बेञ्च’ स्थापना गर्न सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरिएकोमा एक हप्ताभित्रै लक्ष्य पूरा भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप