बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नेपाली खेलकुदको डिजिटल प्लेटफर्म ‘स्ट्याक्स नेपाल’ सार्वजनिक

शुक्रबार, १६ माघ २०८२, १२ : १४
शुक्रबार, १६ माघ २०८२

सारांश

  • स्ट्याग नेपाल नामक डिजिटल प्लेटफर्म नेपाली खेलकुदलाई प्रवर्द्धन गर्न सार्वजनिक भएको छ ।
  • यस प्लेटफर्मले ग्रासरुटदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली खेलकुदलाई जोड्ने लक्ष्य लिएको छ ।
  • प्लेटफर्मले खेलकुद सामग्री ई-सेवा मार्फत उपलब्ध गराउने र अन्तर्राष्ट्रिय डिजिटल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । नेपाली खेलकुदलाई ज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय पहुँचसँग जोड्ने उद्देश्यसहित डिजिटल प्लेटफर्म ‘स्ट्याक्स नेपाल’ औपचारिक रूपमा सार्वजनिक भएको छ । ‘नेपालका लागि र नेपालीका लागि’ भन्ने नारासहित सुरु गरिएको यस प्लेटफर्मले ग्रासरुटदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली खेलकुदलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

स्ट्याक्सले अनुसन्धानमा आधारित मौलिक खेलकुद सामग्री उत्पादन गर्दै खेलकुदलाई मनोरञ्जनसँगै ज्ञान र सूचनाको विश्वसनीय स्रोतका रूपमा स्थापित गर्ने जनाएको छ । यो प्लेटफर्म एन्ड्रोइड र एप्पल मोबाइल एप, वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध छ ।

आगामी फेब्रुअरी ५ देखि प्रयोगकर्ताले ई–सेवा वालेटमार्फत सुलभ शुल्कमा प्रिमियम खेलकुद सामग्री हेर्न सक्नेछन् । साथै, ग्रासरुट खेलकुद विकास, खेल संघ–संस्थासँग सहकार्य तथा अन्तर्राष्ट्रिय खेलकुदको डिजिटल अनुभव प्रदान गर्ने स्ट्याक्स  नेपालको लक्ष्य रहेको छ ।

स्ट्याक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईका अनुसार, खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै नेपाली दर्शकलाई विश्वस्तरीय डिजिटल खेलकुद अनुभव प्रदान गर्नु प्लेटफर्मको मुख्य उद्देश्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप