समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान होः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने बताएकी छिन् ।
शहीद दिवस, ०८२ का अवसरमा आज एक सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षणका लागि अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित राख्न नहुने बताइन् ।
सामाजिक सञ्जालबाट जारी सन्देशमा उनले भनिन्,“सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नु हाम्रो साझा दायित्व हो । उक्त आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गर्न शहीद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दछु ।”
आज देशभरि शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइँएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण